कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले गुरूङको निलम्बन फुकुवा गरेको हो ।

उनी मनाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित थिए । गत पुस १२ गते संसद सचिवालयले उनलाई निलम्बन गरेको थियो ।
उनी विरुद्ध अख्तियारले २०७५ माघ २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा विचाराधीन भएकोले उक्त मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गराउन सम्बन्धित निकायमा लेखि पठाउने भनि अख्तियारले २०७९ पुस ८ गते पत्राचार गरेको थियो ।

