जिल्ला अधिबेशनका लागि बिहिवार एकै दिन प्रतिनिधि चयन गर्दै सोलु एमाले



सोलुखुम्बु।नेकपा (एमाले) सोलुखुम्बुले जिल्ला कमिटीको ८ औं अधिबेशनका लागि बिहिवार एकै दिन प्रतिनिधि चयन गर्ने भएको छ।

यही चैत २३ र २४ गते हुने अधिबेशनका लागि जिल्लाका ८ वटै स्थानीय तहका ५२ वटै वडामा एकै दिन प्रतिनिधि छनौट गर्ने गरी कार्यक्रम तय गरिएको नेकपा एमाले सोलुखुम्बु ८ औं जिल्ला अधिबेशन मूल आयोजक कमिटीका संयोजक डुफकुमार बास्तोलाले जानकारी दिनुभयो।

संयोजक बास्तोलाका अनुसार उत्पीडित जातिको हकमा १ बराबर १,महिलाको हकमा २ बराबर १ र खुल्ला तर्फ संगठित सदस्य संख्याका आधारमा ४ बराबर १ जना प्रतिनिधि चयन गर्नुपर्ने मापदण्ड तोकिएको छ।

स्थानीय कमिटीबाट छनौट हुने प्रतिनिधि ,आयोजक कमिटीका १ सय आठ जना, जनसंगठनहरुबाट २८ जना,सम्पर्क मञ्चबाट ७ जना र जिल्ला सल्लाहकार परिषदबाट ७ जना प्रतिनिधि अधिबेशनमा सहभागी हुने छन् ।

अधिबेशनको नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले उद्घाटन गर्ने कार्यक्रम तय भएको संयोजक बास्तोलाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्