उपनिर्बाचनमा एमालेका उम्मेदवार : इलाम २ मा सुहाङ, बझाङ प्रदेशसभा १ मा भण्डारी



काठमाडौं।नेकपा एमालेले आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

आइतबार पार्टी कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले इलाम क्षेत्र २ बाट सुहाङ नेम्वाङ र बझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

उनले भने,‘बैठकले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा इलाम क्षेत्र नं २ बाट पार्टीको तर्फबाट सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बझाङको प्रदेशसभा १ बाट दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।’

एमाले उपाध्यक्ष समेत रहेका संविधान सभा अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २७ गते निधन भएपछि उक्त स्थान रिक्त थियो । सिफारिस भएका सुहाङ नेम्वाङका कान्छा सुपुत्र हुन् । 

प्रतिक्रिया दिनुहोस्