८४ औँ राष्ट्रिय दिवसका अवसरमा पाकिस्तानी दूतावासले फहरायो झण्डा
काठमाडौं। ८४ औँ राष्ट्रिय दिवसको अवसरमा काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा झण्डा फहराइएको छ।

शनिबार दूताबासमा आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत एच.ई. अबरार एच हाश्मीले राष्ट्रिय झण्डा फहराएका थिए । सो अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको पाकिस्तानी दूतावासले जनाएको छ ।
आफ्नो सन्देशमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले काइद-ए-आजम मोहम्मद अली जिन्नाको दूरदर्शी नेतृत्व र बलिदानको स्मरण गरेका छन्।सन्देशमा जर्दारीले
मुस्लिमहरूको लागि स्वतन्त्र राज्य प्राप्त गर्नका पुर्खाहरूले गरेको योगदानको स्मरण गर्दै काश्मिरी र प्यालेस्टिनी दाजुभाइहरुमाथि भइ रहेको अधीनता र खराब क्रूरताको अन्त्यको लागि प्रार्थना गरेका छन्।
पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज शरीफले ‘पाकिस्तान दिवस’ को अवसरमा स्वदेश तथा विदेशमा रहेका पाकिस्तानीहरूलाई बधाई दिंदै सन्देशमा मुद्रास्फीति र आतंकवाद लगायतका बहुमुखी चुनौतिहरूलाई पार गर्दै पाकिस्तानलाई शान्ति, प्रगति र स्थायित्वको मार्गमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
विदेश मन्त्री मोहम्मद इशाक दारले प्रवासी पाकिस्तानीहरूलाई बधाई दिनुभयो र देशवासीहरूलाई आफ्नो छनौट क्षेत्र, पेशा र उद्यममा उत्कृष्टता जारी राख्न आग्रह गरे।
कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै राजदूत एच.ई.अबरार एच हाश्मीले १९४० मा मुस्लिमहरूको दृढ संकल्प र पाकिस्तानलाई समृद्ध बनाउन संघर्षको निरन्तरताको स्मरण गरे। उनले अतिथिहरूलाई अभिवादन गर्दै नेपाल-पाकिस्तान सम्बन्धका मुख्य पक्षहरू र यसलाई अझ सुदृढ बनाउन मिशनले गरिरहेको प्रयासहरूका बारेमा प्रकाश पारेका थिए।

