चोरीका सुनका गहनासहित २० बर्षीय युवा पक्राउ



काठमाडौं।काठमाडौं जिल्लाको नागार्जुन नगरपालिकाबाट चोरीका सुनका गहनासहित एकजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गोरखा बार्‍हकिलो घरभइ नागार्जुन नगरपालिका वडा नं-४ बस्दै आएका २० बर्षीय रिकेश दास रहेको काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

रिकेशले अर्घाखाँची मालारानी गाउँपालिका वडा नं.१ घर भइ ललितपुर महानगरपालिका वडा नं. २३ स्थित राजन कार्कीको घरमा कोठा भाडामा बस्ने केशव पौडेलको कोठाको ताला फोडी फागुन ३० गते अन्दाजी १० तोला सुनका गहना चोरी गरेका थिए।

प्रहरीले उनको साथबाट सुनको रानिहार थान १,सुनको चन्द्रमा थान २ ,इन्डेन मंगलसुत्र थान १,सुनको झुम्का १ जोर,सुनको लकेट थान १ बरामद समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्