दिल्लीका मुख्यमन्त्री केजरिवाल पक्राउ
एजेन्सी।मदिरा नीति घोटालाको अनुसन्धानको क्रममा भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परे। उनी आम आदमी पार्टीका अध्यक्ष हुन्।

यही केसमा दिल्लीका पूर्व उप मुख्यमन्त्री मनिष सिसोदिया, कारोबारी विजय नायर,अभिषेक बोइनपल्ली र आपका राज्यसभा सांसद सञ्जय सिंह पक्राउ परिसकेका छन्।२०२३ फेब्रुअरी २६ मा समातिएका उनी तिहाड जेलमा छन्।
मदिरा नीति घोटालामा सन् २०२२ मै सञ्जय सिंहको नाम पोलिएको थियो। कारोबारी दिनेश अरोड़ाको बयानलाई आधार बनाएर सिंहको नाम सार्वजनिक भएको थियो।
प्रवर्तन निर्देशनालयको टिमले बीआरएस नेता तथा केसीआरकी छोरी के. कवितालाई पक्राउ गरेको थियो। के कविताको बयानका आधारमा केजरीवाल छानबिनमा तानिएका थिए।
मदिरा नीति घोटाला के हो?
दिल्ली सरकारले राजश्व बढाउन र तस्करी रोक्न भनेर नयाँ मदिरा नीति बनाएको थियो। मनिष सिसोदियाले सन् २०२१ मा यो नीति ल्याएका थिए।
नीति अनुसार मदिराको विक्री निजी क्षेत्रले मात्र गर्न पाउने, काउन्टरले सडक क्षेत्र नछुने, मदिराको सामान दिल्लीमा मात्र बेच्न पाउने उल्लेख थियो।
सङ्ख्या पुरानै ८ सय ५० वटा काउन्टर रहने,बिहान ३ बजेसम्म बेच्न र होम डेलिभरी गर्न पाउने नयाँ नीतिमा उल्लेख थियो। पछि दिल्लीका उपराज्यपालले कानुनमा छेडखानी गरेर मदिराका व्यापारीलाई फाइदा पुर्याएको भन्दै सिबिआइलाई छानबिनको आदेश दियो। इडीले समेत छानबिन थाल्यो। यो प्रकरणमा एक अर्ब घोटालाको दाबी सार्वजनिक भइरहेको छ।

