लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार गणेश रसिकलाई सम्मान गर्ने



काठमाडौं।लीलाध्वज थापा साहित्य प्रतिष्ठानले अग्रज साहित्यकार गणेश रसिकलाई सम्मानित गर्न भएको छ।

त्रैमासिक स्रष्टा सम्मान/ पुरस्कार प्रदान तथा रचना वाचन कार्यक्रम गर्दै आएको प्रतिस्ठानले आगामी शनिबार चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा आयोजना हुने कार्यक्रममा नगद दस हजार रुपैयाँसहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान प्रदान गरिने अध्यक्ष विजयध्वज थापाले जानकारी दिए।उक्त कार्यक्रममा स्रष्टाहरूबाट रचना वाचन समेत गरिने उनले बताए।

२०७३ सालमा स्थापना भएको यस प्रतिष्ठानले मासिक रुपमा कार्यक्रम सन्चालन गर्दै आएकोमा यही २०८० साल देखि त्रैमासिक रुपमा सन्चालन गर्नै निर्णय भएको र हाल सम्म ७६ अग्रज स्रष्टालाई सम्मान प्रदान गरिसकेको जानकारी पनि उनलेे दिए।

सो को अलावा प्रतिष्ठानले वार्षिक रुपमा साहित्य सम्मान / पुरस्कार प्रदान समेत गर्दै आएको र सो अन्तरगत ६ जना प्रसिद्ध साहित्यकारलाई साहित्य सम्मान/पुरस्कार प्रदान गरिसकेको जानकारी गराउँदै प्रतिष्ठानको सम्पूर्ण खर्च आफ्नै पारिवारिक स्रोतबाट गरिएको हुँदा पुरस्कारको रकम बढाउन नसकिएको उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्