किरात खालिङ राई उत्थान संघको अधिबेशन सम्पन्न, अध्यक्षमा बलबहादुर
काठमाडौं।किरात खालिङ राई उत्थान संघको अध्यक्षमा बलबहादुर खालिङ निर्बाचित भएका छन्।

काठमाडौंमा शनिबार सम्पन्न संघको ऐतिहासिक आठौं अधिबेशनले सञ्चारकर्मीसमेत रहेका खालिङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत निर्बाचित गरेको हो।खालिङ यसअघि वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहनुभएको थियो।
नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा जय कुमार खालिङ, प्रथम उपाध्यक्षमा आसपूर्ण खालिङ, द्धितीय उपाध्यक्षमा आसबरी खालिङ, महासचिवमा मानबीर खालिङ, सचिवमा निरकुमार खालिङ, सहसचिवमा बसन्त खालिङ र कोषाध्यक्षमा सलिना खालिङ निर्वाचित हुनुभएको छ ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा रोजिना खालिङ, नविन खालिङ, अर्जुन खालिङ, बलबहादुर खालिङ, मिना कला खालिङ, महेश खालिङ, पर्वत खालिङ, भुषण खालिङ, शिवराज खालिङ, पूर्ण खालिङ र विष्णु खालिङ रहनुभएको अधिबेशन आयोजक समिति संयोजक सीता खालिङले जानकारी दिनुभयो।
अधिबेशन आयोजक समिति संयोजक सीता खलिङको अध्यक्षतामा सम्पन्न सो अधिबेशनको प्रतिनिधिसभा सदस्य मानबीर राईले उद्घाटन गर्नुभएको थियो।

