एआइजी ज्ञवालीलाई सिआइबी प्रमुखको जिम्मेवारी,हटाईए बज्राचार्य
काठमाडौँ।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको जिम्मेवारी
एआईजी श्याम ज्ञवालीले पाएका छन्।

सुन तस्करी प्रकरणको अनुसन्धानमा लापरबाही गरेको भन्दै जाँचबुझ आयोगले एआईजी किरण बज्राचार्यलाई विभागीय कार्बाही गर्न सिफारिस गरेपछि मन्त्रिपरिषद्को आजको बैठकले उनलाई सो जिम्मेवारीबाट हटाएर सीआईबी प्रमुख ज्ञवालीलाई दिएको हो।
एआइजी ज्ञवाली हाल प्रहरी प्रधान कार्यालय कार्य विभाग प्रमुख रहेका छन्।उनको ठाउँमा बज्राचार्यलाई लगिएको छ ।file foto

