थुलुङ दुधकोशी गाउँपालिकाको दोस्रो गाउँसभाको चौथो अधिवेशन सम्पन्न



सोलुखुम्बु।जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाको दोस्रो गाउँसभाको चौथों अधिवेशन सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष अशिम राईको अध्यक्षतामा शुक्रबार गाउँपालिकाको सभाहलमा उक्त अधिवेशन सम्पन्न भएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

अधिवेशनमा यस अघि कार्यपालिकाले गरेका निर्णयहरु अनुमोदन गरेको छ । गाउँपालिकामा हरेक महिना कार्यपालिका बैठक बस्ने गरेको छ।उक्त बैठकले गरेका निर्णयहरु गाउँसभाबाट अनुमोन गर्ने गरिन्छ ।

गाउँपालिका अध्यक्ष राईले कार्यसूची अनुसार अधिवेशन सन्चालन गरी सम्पन्न गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्