रास्वपाका नेताहरु इलाम केन्द्रित हुँदै



काठमाडौं।बैशाख राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का नेताहरु इलाम केन्द्रित हुने भएका छन्।आगामी वैशाख १५ गते
हुन लागेको उपनिर्वाचनका लागि उनीहरू इलाम २ मा केन्द्रित हुन लागेका हुन्।

महामन्त्री मुकुल ढकालका अनुसार सांसद सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल माङसेबुङ गाउँपालिका र अशिम शाह फाकफोकथुम गाउँपालिका जाने छन् ।

उनीहरु फागुन १८ गते साँझ पुग्ने छन् भने १९ गते इलाममै रहने र २० गते बिहान ६ पालिकाको कार्यक्रम सकेर काठमाडौं फर्किने कार्यक्रम तय भएको उनले बताए । इलाममा रहँदा सबै सांसदहरुले स्थानीयसँग भेटघाट र छलफल गर्ने उनको भनाइ छ । रास्वपा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी यसअघि नै इलाममा पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्