प्रहरी नियन्त्रणमा रहेका लघुवित्त पीडितलाई बिना सर्त रिहाई गर्न एमालेको माग



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले लघुबित्त पीडितका माग सम्बोधन गर्ने सुनिश्चितताका साथ घर फर्काउने वातावरण बनाउन सरकारसंग माग गरेका छन्।

बुधवार नेकपा(एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, एमाले संसदीय दलका सचेतक महेश बर्तौला लगायत एमाले संसदीय दलको टोलीले गृहमन्त्री श्रेष्ठलाई भेटी सो माग गरेको हो।सो पार्टीले गत सोमवार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनबाट प्रहरीको नियन्त्रणमा रहेका लघुवित्त पीडितहरूलाई मुद्दा नचलाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण समेत गराएको छ । गत सोमवार लघुवित्त पीडितहरूको एक समूह संसद् भवन परिसर पसेर नाराबाजी गरेसँगै प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

हाल उनीहरूलाई सरकारले प्रहरी नियन्त्रणमै राखेर मुद्दा चलाउने तयारी गरेको छ । एमालेले लघुवित्त पीडितहरूलाई मुद्दा चलाउनु बेठिक हुने भन्दै उनीहरूलाई बिना सर्त रिहा गर्न गृहमन्त्रीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्