लोकतान्त्रिक आदिवासी महासंघ सोलुखुम्बुको जिल्ला सम्मेलन आयोजक कमिटी गठन,संयोजकमा सन्तोषबाबु राई



सोलुखुम्बु।नेकपा एमाले निकटको लोकतान्त्रिक आदिवासी महासंघ नेपाल सोलुखुम्बु जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरिएको छ।

महासंघका केन्द्रीय अध्यक्ष पासाङ शेर्पाको प्रमुख आतिथ्यमा मंगलबार सदरमुकाम सल्लेरीमा सम्पन्न भेलाले सन्तोषबाबु राईको संयोजकत्वमा २१ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिए।

सहसंयोजक पासाङ शेर्पा,सचिब सुजाता तामाङ रहेको सो कमिटीका सदस्यहरुमा महाचिन गुरुङ,खेमप्रसाद राई,मोहन राई,हिमाल तामाङ,लाङिमा शेर्पा,प्रेमकुमार श्रेष्ठ,जंगबहादुर श्रेष्ठ,बिमला तामाङ,सन्तोषी तामाङ,सम्झौता कुलुङ,डिलचन्द्र राई,अमर नेवार,कुशाङ तामाङ,पासाङ नुरु शेर्पा,पासाङ बम्जन,पुष्प श्रेष्ठ,राजकुमार राई,डिकबहादुर राई छन्।

अध्यक्ष बास्तोलाका अनुसार भेलाले महासंघ आवद्ध घटक संघहरुको पनि संयोजक चयन गरेको बताईएको छ । जस अनुसार लोकतान्त्रिक किरांँत राई संघको संयोजकमा खेमप्रसाद राई,लोकतान्त्रिक तामाङ संघको संयोजकमा कुसाङ तामाङ,लोकतान्त्रिक शेर्पा संघको संयोजकमा लाङ्गिमा शेर्पा,लोकतान्त्रिक नेवा दवु संघको संयोजकमा पुष्प श्रेष्ठ चयन भएका छन्।

आजै लोकतान्त्रिक आदिवासी युवा स्वयंसेवक को पनि नौ सदस्यीय तदर्थ समिति समिति गठन गरिएको छ।१८ देखि ३५ बर्षसम्मका युवाहरुलाई समेटेर बनाईएको तदर्थ समितिको संयोजकमा युवास तामाङ,सहसंयोजकमा मिङमार यान्जी शेर्पा,सचिबमा याकर राई छन्।

महासंघका निबर्तमान अध्यक्ष नुरुजाङ्बु शेर्पाको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रीय उपमहासचिव देवराज राई,सचिब श्याम बिक्रम लिम्बु,पूर्बराज्यमन्त्री एबम् नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य उत्तमकुमार बस्नेत,नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोला र महासंघ कोशी प्रदेश कमिटी उपाध्यक्ष मणिराज राई लगायत नेकपा एमालेका सोलुखुम्बु जिल्लास्तरीय अन्य नेताहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्