सगरमाथा आविलाई ५४ हजार बराबरको प्रिन्टर मेसिन र शैक्षिक सामाग्री प्राप्त
केदार बस्नेत काठमाडौं।सोलुखुम्बुको थुलुङ्ग दुधकोशी गाउँपालिका ५ जुवुमा रहेको सगरमाथा आधारभुत विद्यालयलाई फोटोकपी मेसिन प्राप्त भएको छ।जुवुको साविक वडा नं ८ दाम्ली घर भएका टेलर व्यवसायी लेखबहादुर हिङ्गमाङ्ग र चन्द्रबहादुर हिङ्गमाङ्गले विद्यालयलाई ५४ हजार बराबर पर्ने एकथान फोटोकपी मेसिन सँगै शैक्षिक सामाग्री सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप सुन्दासले जानकारी दिए।

सफल व्यवसायी द्वोय हिङ्गमाङ्ग दाजुभाईले विद्यालयको प्रगतिका लागि उक्त मेसिनसहित शैक्षिक सामाग्री सहयोग गरेको बताएका छन् ।
एक कार्यक्रमका बीच थुलुङ्ग दुधकोशी गाउँपालिका कार्यपालिका सदस्य सर्मिला मगर नेपालीको प्रमुख आथित्यतामा उक्त सहयोग विद्यालयलाई हस्तान्तरण गरिएको थियो।कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता विक्रम हिङ्गमाङ्ग विद्यालयका प्रधानध्यापक विनोदकुमार बस्नेत शिक्षक अनिता घिमिरे बस्नेत र गणेश हिङ्गमाङ्ग विव्यस सदस्य अनकबहादुर बस्नेत कालिका आवि सुकेपोखरीका शिक्षक विकास बस्नेत तथा अन्य बुद्धिजिवी एवं स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको शिक्षक गणेश हिङ्गमाङ्गले जानकारी दिए।
विव्यस अध्यक्ष सुन्दासले विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद दिदैँ बाकी दिनहरुमा पनि सहयोगको अपेक्षा राखेको बताएका छन् ।लेख र चन्द्र खुम्बु पासाङल्हामु गाउँपालिकामा टेलर व्यवसाय गर्दै आएका छन् ।सहयोगीहरुलाई विद्यालयले प्रशंसा पत्र समेत वितरण गरेको छ।

