यस्तो छ बैशाख १५ गते हुने उपनिर्बाचनको स्वीकृत कार्यतालिका



काठमाडौं।निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको जनाएको छ।

प्रतिनिधि सभा सदस्य इलाम–२ र प्रदेश सभा सदस्यका लागि बझाङ १ ‘क’मा हुने उपनिर्वाचनको स्वीकृत कार्यतालिका अनुसार फागुन १६ गतेदेखि मतादाता नामावली अद्यावधिक शुरू गरिनेछ भने चैत २२ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिनेछ। त्यस्तै, फागुन २४ देखि ३० गतेसम्म दल दर्ता गरिनेछ।

त्यसपछि चैत २२ गते मुख्य निर्वाचन अधिकृत तोकिनेछ भने मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ। चैत २४ गते उम्मेदवारी दर्ता गरिनेछ भने चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

चैत २८ गतेदेखि आगामी वैशाख १२ गतेसम्म प्रचारप्रसारको समय तोकिएको छ। वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाता हुनेछ।

प्रतिक्रिया दिनुहोस्