हिन्दुराष्ट्रको मुद्दालाई वेवास्ता गरिएको भन्दै पूर्बमन्त्री हमालले दिए महासमिति सदस्यबाट राजीनामा
काठमाडौं।पार्टीले हिन्दुराष्ट्रको मुद्दा स्थापित गर्नुपर्ने भन्दै हस्ताक्षर संकलनमा सक्रिय भूमिका निभाएका पूर्व मन्त्री तथा नेपाली कांग्रेसका महासमिति सदस्य गजेन्द्र हमालले राजीनामा दिएका छन् ।

कांग्रेसको बिहीबार सम्पन्न महासमिति बैठकमा हिन्दूराष्ट्रको मुद्दालाई बेवास्ता गरिएको भन्दै उनले पदबाट राजीनामा दिएका हुन् ।
हमालले सामाजिक सञ्जालमा लेखेका छन्,‘हिन्दु राष्ट्र हुनुपर्ने माग राख्ने सबै साथीहरुको उपेक्षा गरिएको हुँदा र हिन्दू राष्ट्रको एजेण्डालाई सफल बनाउन नसकेको हुँदा नैतिकताले पनि महासमितिको सदस्य पदमा बसिरहनु उचित नभएको हुँदा राजीनामा दिने घोषणा गर्दछु ।’
देउवाले तत्कालीन नेपाली कांग्रेस फुटाएर कांग्रेस प्रजातान्त्रिक बनाउँदा बाँके सभापति बनेका उनी अहिले महासमिति सदस्य थिए ।

