सेर्गाखोपबाट सगरमाथा क्षेत्र जोड्ने सडक कालोपत्रेको काम नरोक्न सरकारलाई सांसद राईको आग्रह
काठमाडौं।प्रतिनिधिसभा सदस्य मानबीर राईले सोलुखुम्बु सदरमुकाम सल्लेरीको सेर्गाखोपबाट सगरमाथा जोड्ने निर्बाचन क्षेत्र रणनीतिक सडक कालोपत्रेको काम रोकिएकोप्रति आपत्ति जनाएका छन्।

बुधबार बसेको प्रतिनिसभा बैठकमा बोल्दै प्रतिनिधिसभा सदस्य राईले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालादेखि सो सडक खण्डका लागि बजेट छुट्याए पनि बर्तमान सरकारले बजेटसंगै टेण्डर स्वीकृत रकम समेत रोक्का गरेका कारण काम अलपत्र परेको भन्दै आपत्ति जनाएका हुन्।उनले बजेट ब्यबस्था गरेर तुरुन्त सडक स्तरोन्नतिको काम अगाडी बढाउन सरकारसंग मागसमेत गरे।
केहि महिना अघि मात्रै सम्झौता गरेर ठेकेदारले काम सुरु गरेको थियो।त्यसपछि सरकारले अहिले खर्च गर्न नसकिने भनेर सो सडक खण्डको बजेट रोकेको छ,राईले भने-‘किन यस्तो गरिन्छ? बजेट ब्यबस्था गरेर काम सूचारु हुने वातावरण निर्माण गर्न म सरकारसंग आग्रह गर्दछु।’
प्रतिनिधिसभा सदस्य राईले जिल्लाको थुलुङ दुधकोशी हुँदै सोताङ जोड्ने दुधकोशी नदीको दिप्लीघाट मोटरेबल पुल निर्माणप्रति सरकारले वेवास्ता गरेको भन्दै आक्रोश समेत व्यक्त गरेका थिए।’मैंले पटकपटक सदनमा कुरा उठाँए,स्थानीय जनप्रतिनिधिहरुले प्रधानमन्त्रीलाई भेटेर तत्काल पुल बन्ने भन्दै फोटो सामाजिक सञ्जालमा पनि राखेका थिए’ प्रतिनिधिसभा सदस्य राईले भने-सोताङ गाउँपालिकाका तत्कालीन अध्यक्ष बिरबहादुर राईको पहलमा प्रदेश सरकारको सहयोगमा निर्मित मोटरेबल पुलमा गएको बर्ष आएको बाढीले क्षति पुर्यायो,तर अब बर्षायाम लाग्ने बेला हुंदा समेत सरकारले काम अगाडी बढाउने कुरामा कुनै चासो दिएको छैन।’उनले भने-‘तुरुन्त त्यो मोटरेबल पुल निर्माणको काम अगाडी बढाउन म सरकारको ध्यानाकर्षण गर्दछु।’file foto

