देशको समग्र अर्थव्यवस्था सिमित ब्यक्तिको कब्जामा : चन्द्र भण्डारी



काठमाडौं।नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले देशको आर्थिक नीति नै गलत भएका कारण मुलुकको अर्थव्यवस्था सीमित व्यक्तिको हातमा गएको टिप्पणी गरेका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद भण्डारीले विकास निर्माणका कामहरु पनि लथालिङ्ग रहेको र काम नहुँदा कानूनी कारबाहीसम्म नहुने अवस्थामा रहेको उल्लेख गर्दै अर्थव्यवस्थाको सम्बन्धमा संवेदनशील हुनुपर्ने बताए।

गलत आर्थिक नीतिका कारण देशको समग्र अर्थव्यवस्था नै केही सीमित व्यक्तिको हातमा पुगेको बताउँदै उनले एकै व्यक्तिको हातमा बैंक, उद्योग, बीमा, अस्पाताल, विद्यालय, जलस्रोतको लाइसेन्स लगायत सबै कुराहरु रहेकोले यसले अर्थतन्त्र सीमित व्यक्तिको कब्जामा पुर्‍याएको पुष्टि हुने उल्लेख गरे।सांसद भण्डारीले भने, ‘किन १०/१२ जनाको हातमा बैंक छ। उसैको हातमा उद्योग छ। उसैको हातमा बीमा छ। उसैको हातमा जलस्रोतको लाइसेन्स छ। उसैको हातमा हस्पिटल छ। उसैको हातमा स्कुल छ। उसैको हातमा जमिन खन्ने लाइसेन्स छ। अब यो देश कसरी बन्छ?’

प्रतिक्रिया दिनुहोस्