आयल निगमको छबि सुधार्न सक्दो प्रयास गर्ने कार्यकारी निर्देशक डा.भट्टको प्रतिबद्धता



काठमाडौं।नेपाल आयल निगम लिमिटेडको नवनियुक्त कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले आफ्नो कार्यकालमा नेपाल आयल निगमको छवि सुधार गर्न सक्दो प्रयास गर्ने बताएका छन्।

बुधबार कार्यालय पुगेर पदभार ग्रहण गरेपछि कर्मचारीद्वारा आयोजित स्वागत कार्यक्रममा डा.भट्टले सो कुरा बताएका हुन्। सर्वसाधारणमाझ निगमका सन्दर्भमा नकारात्मक धारणा बनिरहेको टिप्पणी गर्दै उनले सार्बजनिक संस्थानहरुमध्ये निगमप्रति जनता चासो अत्यधिक रहेको बताएका थिए।

गत आइतबारको मन्त्रिपरिषद् बैठकदले उनलाई आगामी तीन वर्षका लागि निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। भट्टले बुधबार दिउँसो उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय गएर नियुक्ति-पत्र बुझ्नुकासाथै अपराह्न उद्योगमन्त्री रमेश रिजालसँग शपथ लिएका थिए।file foto

प्रतिक्रिया दिनुहोस्