नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकासका लागि कोशीबाट छानिए २० स्थानीय तह
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि कोशी प्रदेशका २० वटा स्थानीय तह छनौट भएका छन् ।

नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरूमध्ये तोकिएको योग्यता र आधार पुरा गरेका देशभरका १०४ वटा स्थानीय तह छनोट हुँदा कोशी प्रदेशका २० वटा छनौट भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
मन्त्रालयले जनाए अनुसार मधेस प्रदेशका १७, बागमती प्रदेशका १७, गण्डकी प्रदेशका ११, लुम्बिनी प्रदेशका १४, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ११ वटा स्थानीय तहहरू छनोट भएका छन्।कार्यक्रमका लागि २४२ वटा स्थानीय तहले निवेदन दिएका थिए ।
छनोट भएका स्थानीय तहहरूमा एकमुष्ट रूपमा ८८ करोड ५० लाख रुपैयाँ पठाइएको पनि मन्त्रालयले जनाएको छ।कोशी प्रदेशबाट इलामका ५,खोटाङका ३,झापाका ३, भोजपुर ३, मोरङका २,उदयपुरका २,पांचथर र धनकुटाका १/१ स्थानीय तह छनौट भएका छन्।

