महभिर डुम्रे सामूदायिक वन उपभोक्ता समूह नेचासल्यानमा नयाँ समिति



सोलुखुम्बु।महभिर डुम्रे सामूदायिक वन उपभोक्ता समूह नेचासल्यान- ४ को बारौ अधिवेशन तथा चौधौं उपभोक्ता भेला सम्पन्न भएको छ।

अधिवेशनले तोयानाथ कटेलको अध्यक्षतामा ९ सदस्यीय सामूदायिक वन उपभोक्ता समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा बोगराज कटेल, कोषाध्यक्षमा रेणुका कटेल, सह सचिव सुमित्रा राई र सचिबमा बालकृष्ण कटेल रहेका छन् भने सदस्यहरुमा क्रमशः इन्द्रप्रसाद कटेल, एकराज कटेल, मनिषा बिसङ्खे र पर्शुराम कटेल रहेका छन्।

अधिवेशन राहत शिक्षक जिल्ला समितिका अध्यक्ष खगिन्द्रराज बास्तोलाको विशिष्ट आतिथ्यता र विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य ठगेन्द्रकुमार जमरकटेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । महभिर डुम्रे सामूदायिक वनभित्र नेचासल्यान गाउँपालिका ३ र ४ का १२१ घरधुरी उपभोक्ताहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्