सिंहदरबारमा प्रधानमन्त्री शाह र भारतीय राजदूत दलेलाबीच भेटर्वार्ता भेट



काठमाडौं,२ मंसिर । मंसिर ६ गते भारतको औपचारिक भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले बुधबार सिंहदरबार पुगेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार उनले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् । दलेलालाई नेपालका लागि राजदूत नियुक्त भएकोमा शाहले बधाई तथा शुभकामना दिएका थिए ।

प्रधानमन्त्री शाहले नेपालमा आएको रसुवा–भोटेकोशी बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभार समेत व्यक्त गरे । यस्तै आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे समेत राजदूत दलेलासँग उनले जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएका थिए । प्रधानमन्त्री शाहको भारत भ्रमणका एजेन्डा तय भइसकेको र भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबिच तीव्र गृहकार्य भइरहेको राजदूत दलेलाले जानकारी दिए ।

राजदूत दलेलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्वपूर्ण हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले भ्रमणका एजेन्डा तय भइसकेको जानकारी गराउँदै भ्रमणलाई थप उपलब्धिमूलक बनाउन सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको पनि बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्