चाडबाडका मुखमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं।दशैंतिहार जस्ता नेपालीहरुको महान चाड नजिकिइरहेका बेला नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

इन्डियन आयल कर्पोरेशनले मूल्य बढाएर पठाएसँगै निगमले शनिबार पेट्रोल,डिजेल,मट्टीतेल र खाना पकाउने ग्यासंको मूल्य वृद्धि गरेको हो।निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको छ । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० (प्रतिलिटर करिब ८ रुपैयाँ) बढाएको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढाउने निर्णय भएके निगमले विज्ञप्तिमार्फत जानकारी दिएको छ । मूल्य समायोजनसँगै काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १८५ रुपैयाँ र डिजेल तथा मट्टितेलको १७९ रुपैयाँ पुगेको छ भने यस्तै एलपी ग्यासको २११० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्