ढुंगेल एमाले बागमती प्रदेश अध्यक्षमा निर्बाचित
काठमाडौं।नेकपा (एमाले) बागमती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका कैलाश ढुङ्गेल निर्वाचित भएका छन्।

गएराति सम्पन्न निर्वाचिनमा प्रतिस्पर्धी मकवानपुरका कृष्ण दाहाललाई पराजित गर्दै ढुङ्गेल अध्यक्ष निर्वाचित भएका हुन्। उनले ६९६ मत पाए भने प्रतिष्पर्धी दाहालले ४३९ मत पाए।
त्यस्तै, उपाध्यक्षमा दावादोर्जे लामा निर्वाचित भएका छन्। सचिवमा नवराज सिलवालले एक मतले जितेका छन्। सिलवालले ५६८ मत पाए भने उनका प्रतिस्पर्धी हस्त पण्डितले ५६७ मत पाए।
यसैगरी, उपसचिवमा खुलातर्फ प्रेमकुमार महर्जन र महिलातर्फ भक्तकुमारी लामा निर्वाचित भएका छन्। महर्जनले ५९९ मत पाएका थिए भने लामाले ५३६ मत पाएकी थिइन्।
प्रदेश अधिवेशनमा एक हजार १७२ मतदाता रहेका थिए भने एक हजार १२६ जनाले मतदान गरेका थिए। मतदानमा ४१ जना अनुपस्थित रहे।
प्रदेश नेतृत्वका लागि सहमतिको प्रयास गर्दा अधिवेशन दुई दिन लम्बिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमति गर्न निर्देशन दिए पनि दुवै पक्ष प्यानलसहित निर्वाचनमा गएका थिए।

