पुस्तकालय दिबसकाे अबसरमा नेचासल्यानमा साहित्य गाेष्ठि सम्पन्न



डिल्ली शर्मा,साेलुखुम्बु।चेतना बिस्तार सार्बजनिक पुस्तकालय नेचासल्यानकाे आयाेजनामा बृहत् साहित्यिक गाेष्ठी तथा माध्यमिक विद्यालयस्तरीय कबिता प्रतियाेगिता सम्पन्न भएकाे छ।

१६ औं राष्ट्रिय पुस्तकालय दिबसकाे अबसरमा अाज साे कार्यक्रमकाे आयाेजना गरिएकाे हाे।चेतना बिसतार सार्बजनिक पुस्तकालय संचालक समितिका अध्यक्ष छबिलाल बाँस्ताेलाकाे अध्यक्षता तथा नेचासल्यान गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युबराज पाेख्रेलकाे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय साहित्य प्रेमी तथा सर्जकहरुले आ-आफ्ना रचना बाचन गरेका थिए।

पुस्तकालयकाे महत्व र यसकाे आबश्यकता शीर्षकमा भएकाे माध्यमिक तहस्तरीय कबिता प्रतियाेगितामा नेचासल्यान गाउँपालिकाका विभिन्न विद्यालयबाट नाैजना छात्रछात्राहरुले सहभागिता जनाएका थिए।

प्रतियाेगितामा बिपी सँस्कृत माबिका छात्र सन्ताेष काेईराला प्रथम,श्री केदार माध्यमिक विद्यालयकि छात्रा सबिता कटेल द्वितीय र श्री हिमाल दर्शन माध्यमिक विद्यालयकि छात्रा सगुन राउतले तृतीय स्थान प्राप्त गरेका थिए भने बिपी सँस्कृत माबिका विद्यार्थी पेशल ढुंगाना, संजना नेवार र श्री केदार माध्यमिक विद्यालयकि छात्रा उर्मिला कटेलले सान्त्वना स्थान हाँसिल गरेका छन्।

प्रतियाेगितामा प्रथम,द्वितीय,तृतीय र सान्त्वना स्थान हाासिल गर्ने प्रतियाेगीहरुलाई क्रमश:२ हजार, १५ सय,१ हजार र ५ सय नगदकाे साथमा प्रमाणपत्र प्रदान गरिएकाे छ।

समाजलाई समुन्नत र रुपान्तरण गर्न विभिन्न किसिमका पुस्तक, तथा आधुनिक प्रबिधीयुक्त समाज निर्माणकाे लागि ई लाईब्ररी समेत संचालन गर्ने उद्देश्यले २०६६ सालमा स्थापना गरिएकाे उक्त पुस्तकालयमा हाल सम्म १० हजार भन्दा बढी पुस्तकहरु रहेका छन् भने चेतना बिस्तार सार्बजनिक पुस्तकालय साहित्य बिभागले मासिक रुपमा साहित्यि गाेष्ठी संचालन गर्ने जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्