काठमाडौं नेशनल प्याब्सनको उपाध्यक्षमा बास्तोलाले उम्मेदवारी दिने
काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँ जिल्ला समितिको उपाध्यक्ष पदमा समिर बास्तोलाले उम्मेदवारी दिनु हुनेभएको छ ।

आगामी भदौ २७ गते हुने काठमाडौँ जिल्ला समितिको आठौँ अधिवेशनमा बास्तोलाले नेशनल प्याब्सन काठमाडौँ जिल्ला समितिको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुुहुने भएको हो ।
हाल समितिका सह सचिव पदमा रहेका बास्तोलाले काठमाडौँ जिल्ला समितिमा रहेर २ कार्यकाल काम गरिसक्नु भएको छ भने, हालको कार्यसमितिको सचिवालय सदस्य तथा प्रकासन विभाग प्रमुख भएर काम गरिरहनु भएको छ ।
यस अगाडि बास्तोला नेशनल प्याब्सनको परीक्षा विभाग सह संयोजक भएर काम गरिसक्नु भएको छ । विभिन्न महत्त्वपूर्ण कार्यक्रमहरूको सक्रिय सहभागी विभिन्न कार्यक्रमहरूलाई प्रभावकारी कार्यान्वयनमा महत्त्वपूर्ण भुमिका खेल्नु भएको छ ।
हाल प्रशान्ति एकेडेमी कपनका संस्थापक/प्रधानाध्यापकका रूपमा कार्यरत बास्तोला विद्यालय तथा उच्च शिक्षामा गुणस्तरीयता प्रदान गर्दै आइरहनुभएको छ ।
विशेसगरि बुनपा शिक्षा क्षेत्रमा अति परिचित सक्रिय बास्तोला वुढानिलकन्ठ शिक्षा समिति सदस्य को रुपमा एक कार्यकाल काम गरि सक्नु भएको छ। साथै वुनपा शिक्षा कार्यविधि निर्माण समिति र स्थानिय पाठ्यक्रम लेखन मा पनि उहाको संलग्नता रहेको छ।
उहां प्याब्सक को सल्लाहकार तथा निवर्तमान उपाध्यक्ष तथा कार्यक्रम प्रमुख हुनुहुन्छ। साथै वुनपा स्थानिय स्काउट समिति को स्कुल विभाग प्रमुख पनि हुनुहुन्छ।
हाल उहाँले ईकोनोमी एन्ड पोलिसी विषयमा रसियाको सिनर्जि युनिभरसिटि बाट पिएचडी फाउन्डेसन कोर्स गर्दै हुनुहुन्छ । विभिन्न संघसंस्थामार्फत सामाजिक गतिविधिमा सक्रिय बास्तोला नेशनल प्याब्सनमार्फत शिक्षा क्षेत्रमा अझ सुधारात्मक प्रयासका साथ काम गर्दै आइरहनु भएको छ ।

