संसदको गतिरोध अन्त्यका लागि शिर्ष नेताहरु आज पनि बैठक बस्दै



काठमाडौं।सदनको अवरोध हटाउने विषयमा साेमवारकाे बैठक निष्कर्षविहीन बनेपछि सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ।

बैठक बिहान १० बजे बालुवाटारमा बैठक बस्नेछ ।

सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरूबीच हिजो दुईपटक छलफल भएको थियो । पहिलो चरणमा दिउँसो १ बजे सिंहदरबारमा र दोस्रो चरणमा साढे ३ बजेपछि बसेको बैठक निष्पर्कविहीन भएको थियो ।

सरकार र एमालेबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक हिजो पनि बस्न सकेन। एमालेले क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ। एमालेको मागमा सरकार सहमत भएको छैन।file foto

प्रतिक्रिया दिनुहोस्