प्रहरी चारित्रिक प्रमाणपत्रका लागि सर्बसाधारणलाई सहज, आइतबारदेखि अनलाइनबाटै प्रमाणीकरण हुने
काठमाडौं।प्रहरी चारित्रिक प्रमाणपत्र लिन अब ठेलमठेल गरेर लामो लाईनमा बस्नु नपर्ने भएको छ।सरकारले आइतबारदेखि प्रहरी चारित्रिक प्रमाणपत्र पूर्ण रूपमा अनलाइनबाटै प्रमाणीकरण गर्ने ब्यबस्था गरेपछि सर्बसाधारणले लाईन बस्ने झन्झटबाट मुक्ति पाउने भएका हुन।

परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले आइतबारदेखि अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण सुरू गर्नेछ।मन्त्री एनपी साउदले प्रहरी चारित्रिक प्रमाणत्र अनलाइनबाटै प्रमाणीकरण व्यवस्था मिलाउन निर्देशन दिएका थिए।
मन्त्री साउदले नै आइतबार कन्सुलर सेवा विभाग त्रिपुरेश्वर पुगेर यो सेवाको शुभारम्भ गर्नेछन्।

