पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट लिए सन्यास



काठमाडौं।नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।

काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गर्दै ज्ञानेन्द्रले क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् । ज्ञानेन्द्रले १८ वर्षे क्रिकेट यात्रालाई विश्राम दिएको बताएका छन् ।

ज्ञानेन्द्रले नेपालका लागि ३७ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ८ सय ७६ रन जोडेका छन् । उनले ७ अर्धशतक समेत प्रहार गरेका छन् ।४५ टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा उनले एक शतक र दुई अर्धशतकसहित ८ सय ८३ रन बनाएका छन्।

क्रिकेटमा पनि कुनै समय कसैलाई मैले रिप्लेस गरेको थिएँ होला । यो मेरो समय हो । त्यसैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई विराम लगाउने र फरक यात्रा आरम्भ गर्ने निर्णय गरेको छु’, पत्रकार सम्मेलनमा लिखित प्रेस विज्ञप्ति पढ्दै मल्लले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्