सभामुखलाई राजीनामा गराएर थापा फेरि कोशीको मुख्यमन्त्री नियुक्त
विराटनगर । कोशीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका छन् ।

सभामुख बाबुराम गौतमको पनि समर्थनमा २१ असारमा मुख्यमन्त्री बनेका थापा २१औं दिनमा ११ असारमा सर्वोच्च अदालतको आदेशमा पदमुक्त भएका थिए । मंगलबार तीनै सभामुख गौतमलाई राजीनामा गराएर पुनः मुख्यमन्त्री नियुक्त भएका हुन् ।
सभामुखकै हैसियतमा सरकार निर्माणमा सामेल भएको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया पुनः सुरु गर्न परमादेश दिएको थियो । प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार अपरान्ह ५ बजेसम्मको समय दिएर पुनः मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।

