बुढानिलकण्ठस्थित गणेश माबिको स्काउट क्याम्प सम्पन्न



काठमाडौं।काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं-२ स्थित गणेश स्काउट ट्रुपको २०औं स्थापना दिवसको अवसरमा दुई दिने क्याम्प सम्पन्न भएको छ।

बुढानिलकण्ठस्थित बुढानिलकण्ठ सामुदायिक नमुना एकेडेमिमा सम्पन्न भएको क्याम्पमा नेपाल स्काउटसंगै विश्व स्काउट संगठनको सदस्यता ६३ जनालाई प्रदान गरिएको थियो।नव प्रवेशी गर्ल स्काउटलाई स्काउटर जमुना खत्री र बिपी ब्याजको प्रतिज्ञा बुढानिलकण्ठ नगरपालिकाका उपमेयर एवम् स्थानीय प्रमुख स्काउट,स्काउटर अनिता लामाले गराउनु भएको थियो।

ब्वाइज स्काउटको सदस्यताको प्रतिज्ञा स्काउटर दिपेश पौडेल खत्री र बिपी ब्याजको प्रतिज्ञा स्काउटर इन्द्रमणि दाहालले गराउनुभएको सो कार्यक्रममा निबर्तमान बागमती प्रदेश सभा सदस्य तथा स्काउटर दिपक निरौला, वडा नं २ का वडाध्यक्ष श्रेष्ठ,BMCA प्रधानाध्यापक मोहन भट्ट,स्काउटरहरु बिश्वनाथ बानियाँ,समिर बास्तोला,अनिल आचार्य,अनन्त पौडेल,चित्र कुमार दाहाल, गणेश स्काउट ट्रुप अध्यक्ष मीमकाजी श्रेष्ठ लगायत उपस्थि ब्यक्तिहरुले स्काउटहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

सोहि अवसरमा ट्रुपको सँस्थापक दल समितिका पदाधिकारीहरु भीमसेन खत्री,ब्राह्मदेब श्रेष्ठ,चिरन्जिवी प्रसाद लामिछाने,यडीना रोक्का छेत्री, कृष्ण प्रसाद लामिछाने, इन्द्रमणि दाहाल, नबिन केसी लाई बिद्यालयका प्राचार्य मीमकाजी श्रेष्ठ तथा दीक्षा कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका उपप्रमुख तथा प्रमुख स्काउट अनिता लामाले सम्मान पत्र हस्तान्तरण गरि सम्मान गरेकी थिइन। लामाले आफ्नो मन्तब्यको क्रममा बीस बर्ष लामो इतिहास बनाउन सफल नगरपालिकाको एक मात्र सामुदायिक बिद्यालयको कार्यक्रममा उपस्थित भै सम्मान गर्न पाउंदा गौरब गर्दै ट्रुपको उतरोत्तर प्रगतिको कामना गरिन।

कार्यक्रममा बिद्यालयका शिक्षक आनन्दी लामा,मनोज प्याकुरेल,गोकुल भण्डारी,रमेश दाहाल, पुर्णिमा लामा, डा. कृपा लामिछाने लगायतको उपस्थिति रहेको थियो।क्याम्पको अन्त्यमा वुनपा स्काउट कमिटीका सदस्य तथा बिद्यालय कार्यक्रम विभाग संयोजक समिर बास्तोला लगायतको उपस्थितिमा भएको समापन कार्यक्रममा क्याम्प चिफ ईन्द्रमणि दाहालले सहभागी सबैलाई प्रमाणपत्र तथा मायाको चिनो हस्तान्तरण गरेका थिए। कार्यक्रम स्काउटर जमुना खत्रीले संचालन गरेकि थिइन।

प्रतिक्रिया दिनुहोस्