कार्कीलाई कामचलाउ मुख्यमन्त्रीमा पदवहाली गर्न प्रदेश प्रमुखसंँग एमालेको माग



काठमाडौं। नेकपा एमालेले कोशी प्रदेश प्रदेशको कामचलाउ मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई पदवहाली गराउन प्रदेश प्रमुखसँग माग गरेको छ ।

सोमबार एमाले संसदीय दलका उपनेता राम रानामगरको नेतृत्वमा प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेको एमाले नेताहरुको टोलीले सर्वोच्चको आदेश अनुसार सरकारविहीनताको अवस्था सिर्जना भएको भन्दै निवर्तमान मुख्यमन्त्री कार्कीलाई नयाँ सरकार नबनेसम्म कामचलाउ मुख्यमन्त्री दिन आग्रह गरेको हो।

प्रदेश प्रमुख खापुङले सर्वोच्च अदालतबाट पूर्णपाठ नआएको कारण आफु अन्यौलमा परेको र यस बारेमा कानूनविदसँग थप छलफल गरेर निर्णय लिने बताएको सहभागी एक सांसदले जानकारी दिए।सर्वोच्चको फैसला नआए पनि प्रदेश प्रमुखले राष्ट्रपति कार्यालयसँग समन्वय गरेर कामचलाउ मुख्यमन्त्रीका बारेमा बोल्नुपर्ने सुझाव दिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्