देशमा बेतिथि छ, त्यो गर्ने माथिल्लो तहमा बस्नेहरु नै हुन् : स्वास्थ्यमन्त्री बस्नेत



काठमाडौं।स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले राज्यले उच्च पदस्थहरुको उपचारमा करोडौं खर्च गरेको भन्दै मन्त्री बस्नेतले त्यसलाई रोक्ने प्रयास सुरु गरेको बताएका छन्।

काठमाडौंमा ‘पुर्नजन्म’ नामक वृत्तचित्र सार्वजनिक कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पतालमा भिआईपी कोठा बढाउने,राम्रो डक्टरहरुको टोली बनाउँने र त्यहाँबाट भएन भने मात्रै बाहिर जाने व्यवस्था गर्नुपर्ने उनको भनाई थियो। त्यसका लागि १५ जना डक्टरको समूह बनाई सकेको जानकारी पनि उनले दिए।

शीर्ष तहमा बस्नेहरुकै कारण देशमा बेथिति बढेको उनको टिप्पणी थियो। मुहान सङ्लो नभएसम्म बेथिति सुधार्न कठिन हुने बताउंदै उनले भने, ‘देशमा बेतिथि छ, र त्यो गर्ने माथिल्लो तहमा बस्नेहरु नै हुन् । मुहान संलो भयो भने पानी राम्रो आउँछ । म राम्रो काम गर्छु, स्वच्छ हुन्छु, संलो हुन्छु भन्ने प्रतिवद्धता गर्न चहान्छु । आर्थिक क्षेत्रमा राम्रो हुने हो भने सबै राम्रो हुन्छ भन्ने मेरो मान्यता छ ।’

सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता नै नदिएको उनको टिप्पणी छ । ‘नेपालको संविधानले शिक्षा, स्वास्थ्य जनताको मौलिक अधिकार भनेको छ । तर व्यवहारमा हुन सकेको छैन् । डब्लूएचओले देशको कूल बजेटको १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा छुट्याउनु पर्छ भनिएको छ । नेपालको बजेटमा अझ ४० प्रतिशतले घटाएर पठाएको रहेछ ।’ उनले भने, ‘म आएपछि ९५ करोड बल्ल बल्ल अर्थ मन्त्रालयबाट स्विकृति गराएर थप्न लगाएको छ । तलब खान पठाइयो यस्तो खालको परिस्थितिमा मन्त्री भएर आएको छु ।’

आफू गरीब र असहायहरुको निशुल्क स्वास्थ्यका लागि लागिरहेको उनको भनाई छ । ‘सिमित स्रोत र साधन भएपनि जनताको स्वास्थ्य सेवा गरीब निमूखाहरुको लागि निशूल्क हुनुपर्छ भनेर लागेको छु । म आएपछि १० प्रतिशत निशुल्क गर्ने काम सुरु गरेका छाैँ ।’ उनले भने । file foto

प्रतिक्रिया दिनुहोस्