मध्यपुर ठिमीको भुइँ चम्पादेवी मन्दिर परिसरमा चित्र प्रदर्शनी सम्पन्न



भक्तपुर।मध्यपुर ठिमी वठा नं ९ स्थित भुई चम्पादेवी मन्दिर परिसरमा त्रिमुर्ति परमात्मा शिवको ज्ञान एवं आध्यात्मिक राजयोग चित्र प्रदर्शनी सम्पन्न भएको छ।

ब्रह्मकुमारी राजयोग उपसेवा केन्द्र मध्यपुर ठिमी-४ द्वारा आयोजित सो प्रदर्शनी भुईं चम्पादेवी टोल विकास संस्थाका अध्यक्ष सुरेश बाबू जमरकट्टेलको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन गरेर उद्घाटन गरिएको थियो ।

राजयोग उपसेवा केन्द्र प्रमुख राजयोगिनी ब्रह्माकुमारी तिमिलाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन र सहजीकरण  ब्रह्मकुमारी सति सावित्रीले गर्नुभएको थियो । कार्यक्रममा राजयोगी ब्रह्मकुमार सुरेन्द्र श्रेष्ठ लगायत स्थानीयहरुको उपस्थिति थियो।प्रदर्शनी लगभग दुई सयले अवलोकन गर्नभयो ।
     
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जमरकट्टेलले धर्म अनुशासनको प्रमुख विन्दु भएकाले हरेक गलत कृयाकलापको अन्त्य गर्न धार्मिक र आध्यात्मिक मार्ग अवलम्वन गर्नु हरेक व्यक्तिको लागि आवश्यक रहेको बताउनुभयो । सबै धर्म र धार्मिक सम्प्रदायको सबैले सम्मान र सद्भाव गर्न सक्नुपर्ने बताउंदै वहाँले यस्ता प्रकारका कार्यक्रमले समाजमा नैतिक ज्ञान र चेतनाको विकास गर्ने धारणा राख्नुभयो।

प्रतिक्रिया दिनुहोस्