आगामी निर्बाचनमा बहुमत आउने गरी तयारी गर्न कार्यकर्ताहरुलाई ओलीको निर्देशन



काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक देशलाई हेर्न र फेर्न सक्ने दृष्टिकोण अरू कुनै पार्टीसँग नरहेको बताएका छन्।

शनिबार नेपालगन्जमा लुम्बिनी प्रदेशका निर्वाचित जनप्रतिनिधिहरूको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा उनले सो कुरा बताएका हुन।मुलुक बनाउने भिजन एमालेसँग मात्र रहेको उनको भनाई थियो।

एमाले ‘मिसन ८४’ मा केन्द्रित रहेको भन्दै अध्यक्ष ओलीले यसलाई सफल बनाउँदै पार्टीको बहुमत आउने गरी तयारी गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए ।

आउँदो निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने उनले दोहोर्‍याए । एमालेको नीतिसँग सहमत हुने,विकासको अभियानलाई अघि बढाउन चाहने राजनीतिक शक्ति र व्यक्तिहरूलाई सँगै लिएर अघि बढ्ने योजना उनले सुनाए ।

अहिले पनि एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने काम भएको भन्दै उनले सक्रिय र सतर्कतासाथ योजनाबद्ध ढंगले लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्