मिटरव्याजसम्बन्धी विधेयक अबिलम्ब ल्याउन एमालेद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं।नेकपा एमालेले बागमती प्रदेशको इन्चार्जको जिम्मेदवारी गुरु बराललाई दिएको छ। शनिबार बसेको सचिवालय बैठकले स्थायी कमिटीका सदस्य बराललाई सो जिम्मेवारी दिएको हो।

अरु केही नेताहरुको जिम्मेवारीमा सामान्य हेरफेर भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार केही विभागमा सदस्यहरु थप गरिएको छ।
‘पार्टी सदस्यताको नवीकरणको काम यो असार मसान्तभित्र सकिसक्ने हुनाले साउन १५ भित्रमा सबै विवरणलाई अध्यावधिक गरेर प्रमाणीकरण गर्ने र त्यसपछि प्रदेश अधिवेशनको तयारीमा लाग्ने निर्णय पनि गरिएको छ’, बैठकपछि ज्ञवालीले भने।
बैठकले मिटरव्याजसम्बन्धी विधेयक एमालेले रोकेको भन्ने भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले अविलम्व नयाँ विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकले सत्ता गठबन्धनले विभिन्न स्वायतः र गैरराजनीतिक संस्थाहरूमाथि निरन्तर हस्तक्षेप गरेको र संस्थाहरूलाई आफ्नो नियन्त्रणमा राख्ने क्रियालाप गर्दै आएको भन्दै भर्त्सना गरेको छ।
सचिवालय बैठकले प्राकृतिक प्रकोपको घटनाका कारण ठूलो जनधनको क्षति भएकाले घरबार गुमाएकाहरुलाई तत्काल पुनःस्थापित गर्न, राष्ट्रिय राजमार्गसहित सडक पूर्वाधारको यथाशिघ्र पुननिर्माण र जनजीवनलाई स्वभाविक अवस्थामा फर्काउन माग गरिएको उपमहासचिव ज्ञवालीले बताए।
त्यस्तै बैठकले देशैभरि फैलिएको लम्पी स्कीन रोग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, बिमा रकम तत्काल भुक्तानी गर्न र राहत दिन सरकारसँग माग गरेको उनले बताए।

