आफ्नै २ वर्षीय नातिको हत्या गर्ने ५० वर्षीय हजुरबुबा पक्राउ



बैतडी।आफ्नै २ वर्षीय नातिको हत्या गरेको आरोपमा प्रहरीले ५० वर्षीय हजुरबुबा पक्राउ गरेको छ।पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका ६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउद छन्।

गणेशले आफ्नै २ वर्षे नाति रेशम साउदको हत्या गरेको र अर्का ८ वर्षीय नाति रिजन साउदलाई कुटेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका हो ।

घाइते रिजनलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्