दासढुंगामा बस दुर्घटना,रुखमा अड्किएका कारण बच्यो ४० यात्रुको ज्यान



चितवन।नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना भएको छ।अनियन्त्रित भई सडकबाट १० मिटर तल खसेको बस रुखमा अड्किएर त्रिशुलीमा खस्न नपाएका कारण त्यसमा सवार ४० यात्रुको ज्यान जोगिएको प्रहरीले जनाएको छ।

सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुंगामा काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बस आज बिहान ५ः२० बजे दुर्घटना भएको थियो।बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।

घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेजमा, आठ जनाको भरतपुर अस्पतालमा र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्