नेचासल्यानस्थित श्री कैलाशेश्वर महादेव मन्दिरमा राम कथा बाचन हुने



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।जिल्लाको नेचासल्यानस्थित श्री कैलाशेश्वर महादेव मन्दिर क्षेत्र संरक्षण समितिकाे आयोजनामा राम कथा प्रवचन हुने भएकाे छ ।

रामनवमी पर्वकाे अवसर पारी चैत १६ गते विहिवार रामनवमी पर्वकाे अवसरमा रामायण कथा प्रवचन गर्न लागिएकाे संरक्षण समिति अध्यक्ष हाेमप्रसाद जमरकट्टेलले जानकारी दिनभयाे ।

पं गिरीधर ढुंगानाद्वारा कथा बाचन गरिने उक्त प्रवचन कार्यक्रममा राम भजनकिर्तन समेत हुने जानकारी समितिका सदस्य सचिव वेदनाथ बास्ताेलाले जानकारी दिनुभयाे ।

प्रतिक्रिया दिनुहोस्