कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक, सरकार बिस्तारबारे छलफल हुने



काठमाडौं।सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले मंगलबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। मंगलबार बिहान ९ बजे, पार्टी मुख्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने अपेक्षा गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिनिधि सभाबाट विश्वासको मत लिएर पनि मन्त्रिपरिषद् विस्तारको काम भने अगाडि बढ्न सकेको छैन।

गठबन्धनका दलहरुलाई मन्त्रालय भागबण्डाको विषयमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तार सकसपूर्ण बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस्