रसुवा बाढी : क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन गरिने



काठमाडौं,११ भदौ । रसुवा बाढीपछिको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन गरिने भएको छ । भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ, ‘मन्त्रालयले प्रभावित स्थानीय तहका कार्यालयहरूमा भएको क्षतिको विवरण सम्बन्धित स्थानीय तहमार्फत संकलन तथा अद्यावधिक गर्ने ।’

विपद् उद्धार तथा राहतका लागि स्थानीय तहले विपद् व्यवस्थापन कोष तथा अन्य स्रोतबाट आवश्यक बजेट नियमानुसार परिचालन गर्ने निर्णय पनि भएको छ ।नापी विभागले प्रभावित क्षेत्रको निजी तथा सार्वजनिक जग्गाको क्षतिको विवरण संकलन र विपद् नक्सांकनको कार्य गर्नेछ ।

नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायत नदी बेसिनमा आएको अप्रत्याशित बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्ला प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्