उपनिर्बाचनका लागि २६ दल दर्ता



काठमाडौं।आगामी बैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगमा २६ वटा दल दर्ता भएका छन्।

केही दिनअघि आयोगले दल दर्ताका लागि आह्वान गरेको छ। उप निर्वाचनका लागि २६ वटा दल दर्ता भएको आयोगका प्रवक्ता शालिकराम शर्माले जानकारी दिए।

तनहुँ क्षेत्र नम्बर १, बारा क्षेत्र नम्बर २ र चितवन क्षेत्र नम्बर २ मा बैशाख १० गते उप निर्वाचन हुँदै छ। चितवन २ मा राष्ट्रिय सभाका सभापति रवि लामिछाने निर्वाचित भएका थिए। तर नागरिकता प्रकरणमा दोषी पाइएपछि उनको सांसद पद खारेज भएको थियो।

प्रतिक्रिया दिनुहोस्