पाकिस्तानी दूतावासमा फहराईयो आफ्नो राष्ट्रिय झण्डा
काठमाडौंं।पाकिस्तानको राष्ट्रिय दिवसको अवसरमा नेपालस्थित पाकिस्तानी दूतावासमा झण्डा फहराईएको छ। राष्ट्रिय दिवसको अवसरमा बिहिवार आयोजित कार्यक्रममा कार्यवाहक राजदूत उमैर अलीले पाकिस्तानी राष्ट्रिय झण्डा फहराएका हुन।

सो अवसरमा पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो ।सो अवसरमा बोल्दै अलीले सन् १९४० मा मुस्लिमहरूले आफ्नो लागि छुट्टै गृहभूमि बनाउने संकल्प गरे अनुसार तिनीहरूका भावी पुस्ताहरूले पुन: पुष्टि गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले पाकिस्तानलाई हाम्रा पुर्खाहरूले परिकल्पना गरेको मातृभूमि बनाउने प्रतिबद्धता समेत गरेका थिए। सो कार्यक्रममा नेपालस्थित पाकिस्तानी समुदायका सदस्य र दूतावासका अधिकारीहरुको सहभागिता रहेको थियो ।


