खुम्बु क्षेत्र भ्रमणका क्रममा स्लोभाकियाली नागरिकको मृत्यु



डिल्लीराम शर्मा, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका -४, गोरक्सेपमा स्लोभाकियाका एक पुरुष नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको हाईअल्टिच्यूटका कारण मृत्यु भएको बताइएको छ । तर मौसम प्रतिकुलताका कारण शव उद्वारमा समस्या भएको छ ।

खुम्बु क्षेत्रमा अहिले हिमपात भइरहेकाले उद्वारमा समस्या भएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा सञ्चार सेवा समेत प्रभावित हुँदा सम्पर्क गर्न कठिनाई भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्