भैपरी आउने प्रकोप नियन्त्रणका लागि सजग बन्नुपर्ने अध्यक्ष राईको भनाई
सोलुखुम्बु। नेचासल्यान गाउँपालिका पालिका अध्यक्ष धनजन राईले विपद खबर गरेर नआउने भएकाले सदैव सचेत हुनुपर्ने बताएका छन् ।

नेचासल्यान गाउँपालिका स्वास्थ्य शाखाद्वारा आयोजित स्थानीय द्रुुत प्रतिकार्य समिति तथा टोलीसँगको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पालिकास्तरमा स्थानीय द्रुुत प्रतिकार्य समिति संयोजक समेत रहेका अध्यक्ष राईले मंगलबार सो कुरा बताएका हुन्।उनले अब बर्खाको सिजन आउन लागेको तथा अन्य भैपरी आउने प्रकोप नियन्त्रणका लागि सजग बनेर काम गर्न गाउँपालिकाभित्रका स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई निर्देशन समेत दिए।
गाउँपालिका उपाध्यक्ष विना राईले विपद व्यवस्थापनको सवालमा सबै पक्ष एकजुट हुनुपर्ने बताईन् । बजेट अभाव भएको खण्डमा बजेटको समेत व्यवस्थापन गरी कुनै पनि नागरिक तथा समाजलाई विपतबाट बचाउन गाउँपालिका पछि नहटने बताईन् ।
प्रथामिक स्वास्थ्य केन्द्र सल्यानका मेडिकल अधिकृत डाक्टर अनिल राय यादवले सहजीकरण गरेको सो कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत युवराज पोखरल, स्वास्थ्य शाखा प्रमुख मेघराज कटेल, ईलाका प्रहरी कार्यालय नेचाका प्रहरी निरिक्षक महेन्द्र पराजुली, नेचासल्यान भित्रका स्वास्थ्यकर्मी तथा प्रहरीको उपस्थिती रहेको थियो ।

