आज बिश्वासको मत लिंदै प्रधानमन्त्री दाहाल,एमालेसहित तीन दल विपक्षमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभामा विश्वासको मत लिंदैछन् ।

पुस १० गते प्रधानमन्त्री नियुक्त दाहालले ३ महिनाभित्र दोश्रो पटक बिश्वासको मत लिन लागेका हुन्। उनले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री विश्वासको मत लिने कार्यसूची छ।यसअघि उनले पुस २६ गते बिश्वासको मत लिएका थिए।

त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए ।तत्कालीन सत्ता गठबन्धनमा रहेका नेकपा एमाले, राप्रपासहित प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिएका थिए ।

सत्ता समीकरण फेरिएसँगै एमाले र राप्रपाले सरकारको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाले प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् ।

समर्थन गरेको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।विश्वासको मतका लागि प्रचण्डले कम्तिमा १३८ मत पाउनुपर्छ ।

यसपटक नेकपा एमाले, राप्रपा, नेमकिपा र एक जना स्वतन्त्र सांसद योगेन्द्र मण्डलले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने पक्षमा छन्।

प्रतिक्रिया दिनुहोस्