बर्तमान सरकारमा आफू मन्त्री नबन्ने गगन थापाको घोषणा



काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने घोषणा गरेका छन्।

आइतवार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो घोषणा गरेका हुन उनले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताए ।

उनले भने, ‘मैले पाँच वर्षका लागि पाएको जिम्मेवारी भनेको सांसदको जिम्मेवारी हो । मैले यो सबै कामहरू नेपाली कांग्रेसको महामन्त्री भएर गर्ने हो । मैले सांसद भएर प्रधानमन्त्रीकोमा, संसदमा उठाउनुपर्ने कुराहरू उठाउँछु । म न अहिले मन्त्री बन्ने हो, न मैले बन्न मिल्छ, न बन्दैछु । मैले अहिले कांग्रेस सरकारमा गइरहेको बेलामा यो सरकारलाई सफल बनाउने हो ।’

सरकारसँग पाँच वर्षमा नागरिककाे भरोसा रहन्छ कि रहँदैन भन्ने सोचेर काम गर्नुपर्ने महामन्त्री थापाले प्रधानमन्त्री गठबन्धनको नेता नभई सरकारको नेता हुन सक्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्