उपराष्ट्रपति निर्बाचनका लागि उम्मेदवारी दर्ता आज,दलहरु अझै अनिर्णित



काठमाडौँ । आगामी चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मनोनयनपत्र दर्ताको कार्यतालिका रहेपनि दलहरुले अझै उम्मेदवार चयन गर्न सकेका छैनन्।

जसपालाई उपराष्ट्रपति दिने पूर्ब सहमतिबाट सत्ता गठबन्धनभित्रका दल पछि हटेपछि उत्पन्न विवाद समाधानका लागि अहिले प्रधानमन्त्री निबास बालुवाटारमा गठबन्धनको बैठक बसिरहेको छ।सत्तागठबन्धनबाट जसपा अतिरिक्त जनमत र नागरिक उन्मुक्ति पार्टीले पनि उपराष्ट्रपतिमा दावी गरिरहेका छन् भने प्रमुख बिपक्षी दल एमालेले पनि सो पदका लागि उम्मेदवारी दिने नदिने बिषयमा अझै निर्णय गरिसकेको छैन।त्यस बिषयमा निर्णय गर्न एमाले सचिबालय बैठक केहिबेरमा बस्दैछ।

निर्वाचन आयोगले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता, दर्ता भएका उम्मेदवारको सूची प्रकाशन दिउँसो २ बजेदेखि ३ बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म रहने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ ।

यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली प्रकाशन गर्ने सोही दिन १२ बजेदेखि १ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने २८ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन ४ बजेदेखि ५ बजेसम्म गर्ने गरी कार्यक्रम तय भएको छ ।

उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी दर्ता गर्न निर्वाचन अधिकृतलाई आयोगले आज निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्