सोलुखुम्बुमा एमालेका पाँच जनसंगठन गठन



सोलुखुम्बु।नेकपा एमालेको’ग्रासरुट अभियान’अन्तर्गत सोलुखुम्बुमा जनसंगठनहरुको भेला सम्पन्न भएको छ।

नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा शुक्रबार सम्पन्न जिल्ला भेलाले पाँच जनसंगठनहरुको जिल्ला कमिटी गठन गरिएको एमाले जिल्ला कमिटी सचिब आशकुमार राई ‘शिशिर’ले जानकारी दिए।

राईका अनुसार जनसंगठनको जिल्ला भेलाबाट उद्योग व्यवसायी महासंघको अध्यक्षमा नवराज जमरकट्टेल,नेपाल राष्ट्रिय भुतपूर्व सैनिक प्रहरी संगठनको अध्यक्षमा तोन्जे राई,अखिल नेपाल किसान महासंघको अध्यक्षमा साङ्गेलामा राई,नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा ङवाङ नुर्बु शेर्पा, र रिटर्नी फेडेरेसन नेपालको अध्यक्षमा हिमाल तामाङलाई चयन गरिएको छ।

भेलामा अखिल नेपाल किसान महासंघ केन्द्रीय सचिवालय सदस्य दुर्गा थापा ‘स्वस्तिक’,केन्द्रीय सदस्य नारद निरौला,रिटर्नी फेडेरेसनका केन्द्रीय सदस्य जितेन्द्र बानियाँसहित नेकपा एमाले सोलुखुम्बुका अन्य नेताहरुको उपस्थिति रहेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्