पौडेल राष्ट्रपति भएकै दिन जसपाले छान्यो उपराष्ट्रपतिको उम्मेदवार
काठमाडौं ।सत्तागठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्बाचित भएकै दिन सोही गठबन्धन का तर्फबाट जसपाले उपराष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ।

चैत ३ गते हुने निर्बाचनमा उपराष्ट्रपति पाउने सहमतिसहित ८ दलीय गठबन्धनमा सामेल भएको जसपाको आज बसेको बैठकले सांसद रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।यादव बारा २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका सांसद हुन्।

